पोखरामा ७५ लाख बढी नगदसहित तीन जना पक्राउ

पाेखरा | साउन ११, २०८२

पोखरामा ७५ लाख बढी नगदसहित तीन जना पक्राउ

पोखरा:  पोखरामा अवैध रुपमा विदेशी बिनिमय रकम कारोवार गरेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । 


पोखरा महानगरपालिका–१७ पार्दी बिरौटामा अवैध रुपमा विदेशी बिनिमय कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए । 
कास्की प्रहरी प्रमुख ओलियाका अनुसार पक्राउ परेका तीनजनाको साथबाट ७५ लाख ९६हजार ९ सय रुपैयाँ बरामद भएको बताए । 


पक्राउ पर्नेमा झापा दमक भई पोखरा बैदाममा हिलारी मनि चेन्जरका संचालक ४५ वर्षीय राजकुमार बुढाथोकी, रुपन्देही सिद्धार्थनगर १३ हाटबजार घर भई रुपन्देही र कास्कीमा रेष्टुरेण्ट व्यवसायी ४५ वर्षीय महुमुद्धिन एम अहमद र पोखरा १९ पुरनचौरमा सगरमाथा मनि चेन्जरका सञ्चालक ४३ वर्षीय खेमराज पौडेल छन् । 

पक्राउ परेका राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ ।


पक्राउ परेका उनीहरुलाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसूरमा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरील जनाएको छ । 


 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्